प्रकाश सपूतलाई कोरोना संक्रमण


नेपाल कुरा

  • 8
    Shares

काठमाडौं । गायक प्रकाश सपूतलाई कोरोना संक्रमण भएको छ । काठमाडौं मेडिकल कलेजमा गरेको नमुना परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको सपुतले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । हाल स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेशनमा बसेको उनले बताएका छन् ।

उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई पीसीआर परीक्षण गर्न पनि आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘अन्ततः काठमाण्डौ मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्नेर गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आईशुलेशनमामा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ ।’