कोरोना कोषलाई लता मंगेशकरको सात लाख सहयोग


Hina Suwal

  • 8
    Shares

काठमाडौं । प्रसिद्ध भारतीय गायिका लता मंगेशकरले कोरोनाविरुद्धको ‘महाराष्ट्र सीएम रिलिफ फन्ड’लाई सात लाख भारु सहयोग गरेकी छन् ।

सरकारले लताले गरेको सहयोगबारे ट्विटरमा सेयर गरेको छ ।

अनियन्त्रित बन्दै गएको कोराना संक्रमणविरुद्धको लडाइँमा भारतलाई चौतर्फी सहयोग आउन थालेको छ । त्यहाँ अक्सिजन, अस्पताल तथा अन्य औषधि अभाव हुन नदिन थुप्रै मुलुकले सहयोगी हात अघि बढाएका छन् । एजेन्सी