भारतीय पत्रकार तथा अभिनेत्री कनुप्रियाको कोरोनाका कारण निधन


Yukta

एजेन्सी । पछिल्ला दिन भारतमा कोरोनाको असर निकै भयावह हुँदै गइरहेको छ ।  यहीबीच भारतकी एक पत्रकार तथा अभिनेत्री कनुप्रियाले पनि कोरोनाका कारण ज्यान गुमाएकी छिन् ।

भारतमा कोरोनाका कारण पछिल्ला केही दिन यता सेलेब्रिटीहरुले ज्यान गुमाएका समाचार पनि आइरहेका छन् । उनी पहिले भारतीय टिभी दूरदर्शनमा काम गर्ने गर्थिन्। पछि उनले फिल्महरुमा पनि अभिनय गरिन् जुन निकै लोकप्रिय समेत भएको थियो ।