क्रिकेट वरीयतामा नेपाल १३ औं स्थानमा


नेपाल कुरा

  • 8
    Shares

काठमाडौँ । नेपाल ट्वान्टी–२० क्रिकेटको अन्तराष्ट्रिय वरीयतामा एक स्थान माथि उक्लिएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले आफ्नो स्थानमा सुधार गर्दै १३ औं स्थान उक्लिएको हो ।
यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो।

टी–ट्वान्टीको नयाँ वरियताको पहिलो स्थानमा इङग्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्युजिल्यान्ड, चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया छ।