कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता


नेपाल कुरा

काठमाडौं । सरकारले कोरोना संक्रमणको नियन्त्रण तथा उपचारमा जनशक्तिको अभाव हुन नदिन अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई १ वर्षमा करारमा भर्ना गरिने भएको छ ।

सोमबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमनत्री ओलीले अवकाश प्राप्त स्वास्थ्य जनशक्तिलाई संघ, प्रदेश र स्थानीय तहमा गरी एक वर्षको लागि करारमा नियुक्त गरिने बताए ।
यसैगरी, कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने प्रधानमन्त्री ओलीले बताए ।
उनले त्यस्ता स्वास्थ्यकर्मी तथा कर्मचारीको परिवारको उपचार र बीमाको व्यवस्था गरिने पनि बताए ।