भोटेकोशी जलविद्युतले भोलीबाट आईपीओ बिक्री खुला गर्ने


Yukta

  • 12
    Shares

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्ने भएको छ । बैशाख २१ गतेदेखि मंगलवारदेखि  कम्पनीले आयोजना प्रभावित स्थानियमा कुल ६० लाख कित्ता शेयर विक्री गर्न लागेको हो ।

कुल कित्ता मध्य सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५ , बाहृविसे नगरपालीका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाहृविसे नगरपालीका वडा नं ७ र ८ (साविक घम्याङ्ग गाविस र मानेश्वर गाविस) का वासिन्दाका लागि ३० प्रतिशत दरको १८ लाख कित्ता र माथी उल्लेखित स्थानिय बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ७० प्रतिशत दरले ४२ लाख कित्ता शेयर जारी गर्न लागेको हो ।

स्थायिय वासिन्दाका लागि छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म यो शेयर विक्रीमा रहनेछ । शेयर खरिदका लागि आवेदन दिदाँ न्युनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

यस कम्पनीले सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट बैशाख ५ गतेनै अनुमति पाएको हो । कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको उक्त शेयर आयोजना प्रभावितमा विक्री गरेपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ । यस अघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ ।