गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त, नयाँ प्रमुखमा पौडेल र यादव


नेपाल कुरा

  • 9
    Shares

काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिस गरेको छ । सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मीला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो । उनीहरू दुवैजना माओवादी केन्द्रनिकट हुन् ।

नयाँ प्रदेश प्रमुखमा गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तिको सिफारिस पनि मन्त्रिपरिषदले गरेको एक मन्त्रीले जानकारी दिए।