नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ


नेपाल कुरा

  • 8
    Shares

काठमाडौं । नवनियुत्त प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुखमा नियुत्त भएकी सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ खुवाएकी हुन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै नयाँ नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।