पहिलो विवाहमा हिंसा पिडित बनेपछि ‘काँटा गर्ल’ शेफालीले उठाएकी थिइन् यस्तो कदम !


Yukta

एजेन्सी । शेफाली जरीवाला सन् २०१४ पछि अभिनेता पराग त्यागीसँग विवाह बन्धनमा बाँधिएकी छिन् । यी दुबै एक अर्कासँग धेरै खुसी छन् र एक अर्काको साथबाट आनन्द लिन्छन् । ’काँटा लगा’ गर्ल शेफालीको पहिले पनि विवाह भएको थियो, जुन सफल हुन सकेन । उनको विवाह मीट ब्रदर्स मध्ये एक हरमीत सिंहसँग भएको थियो जुन २००४ देखि २००९ सम्म मात्र चल्यो । विवाह पश्चात् दुईजना बीच धेरै झगडा भयो र दुबैको पछि सम्बन्धविच्छेद पनि भयो ।

अब शेफाली जरीवालाले वर्षौं अघि भएको दुराचारको बारेमा खुलस्त भएर कुरा गरेकी छिन् । कथित रूपमा, बिग बोस १३ फेम शेफालीले आफ्नो पहिलो पतिलाई घरेलु हिंसाको आरोप लगाएकी छिन् ।


टाइम्स नाउसँग कुराकानीको क्रममा, शेफाली जरीवालाले भनिन्, ’यो कुरा बुझ्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ कि तपाईंको प्रशंसा भएको छ वा छैन । सबै हिंसा शारीरिक हुँदैन र धेरै मानसिक हिंसा पनि हुन्छ त्यसकारण तपाईं आफ्नो जीवनमा धेरैनै दुखी बन्नुहुन्छ । मलाई लाग्छ म आफैंले निर्णय गर्न सक्षम थिँए किनकि म कसैमाथि निर्भर थिइन, म आफैं कमाउँदथे ।’


शेफालीले थपिन्, ’हाम्रो देशमा सबैभन्दा ठूलो डर समाजको हुन्छ । सम्बन्धविच्छेदलाई मानिसहरु गलत तरिकाले हेर्ने गर्दछन् । तर जसरी म हुर्केको छु, मैले सिकेको छु कि समाजको वास्ता हामीले गर्नुहुँदैन । तपाईलाई जे सही लाग्छ त्यही गर्नुपर्दछ । यसैले म आफ्नो जीवनमा यस्ता कदमहरू चाल्न सक्षम भएँ । मानिसहरूले यसमा मेरो समर्थन पनि गरेका छन् ।


यसैबीच पराग त्यागीलाई कसरी भेट्नुभो भनेर सोध्दा शेफाली जरीवालाले भनिन्, ’म त्यसबेला एक्लै थिँए । यो एक योजनाबद्ध डेट थियो । हामी दुबै एक अर्कालाई धेरै मन पराउँदथ्यौँ र धेरै अवसरहरूमा एक अर्कालाई भेट्ने पनि गर्दथ्यौँ । धेरै कुराहरुमा, म र पराग बीच धेरै चीजहरू समान छन् र एकदम भिन्नता पनि छ । मलाई लाग्छ हामी एक अर्कालाई सन्तुलित राख्न सक्षम छौँ ।


बताउन चाहन्छौँ कि काँटा लगा अभिनेत्री शेफाली जरीवाला अन्तिम पटक बिग बोस १३ मा देखिएकी थिइन् । शोमा शेफाली जरीवालालाई मानिसहरूले धेरैनै मन पराएका थिए । कार्यक्रममा उनको पारस, माहिरा, हिन्दुस्तानी भाऊसँग राम्रो मित्रता भएको थियो ।


केही दिन अघि, अभिनेत्री माल्दिभ्स गएकी थिइन् । त्यहीँबाट उनले आफ्ना धेरै तस्बीरहरू साझेदारी गरेका छन् । उनी आफ्नो पति पराग त्यागीसँग त्यहाँ छुट्टीमा गएकी थिइन् ।

-एजेन्सीको सहयोगमा
(तस्बीरहरु शेफाली जरीवाला इन्स्टाग्रामबाट लिइएको हो )