हातहातमा मोबाइल घर–घरमा इन्टरनेट ! यति भएपछि यौनजन्य सामाग्री हेर्न कसैले रोक्न सक्छ र ?


Yukta

  • 75
    Shares

एजेन्सी । कोरोनाको माहोलले गर्दा अहिले पुरै विश्व डिजिटलाइज्ड भएको छ । सबै मानिसको हातमा-हातमा प्रविधिले काम गरिरहेको भेटिन्छ  । कोभिड–१९ संक्रमणले निम्त्याएको निषेधाज्ञा पश्चात त झन् यसको प्रयोगकर्ताहरु एकपछि अर्को गर्दै बढिरहेको छ । ठूला साना सबै कामहरु प्रविधिमा निर्भर हुँदै गइहरको छ ।

सजिलो, छरितो र आरामदायीक हिसाबले प्रविधिको प्रयोग राम्रो मानिन्छ तर जब यसको दुरुपयोग हुन थाल्छ यसले विनाशकारी रुप धारण गर्ने गर्दछ । यसको ज्वलन्त उदाहरणहरु हामीले समाजमा समपसापेक्ष देख्दै र भाग्दै आइरहेका छौँ ।

अहिले वर्तमान यूगमा डिजिटल सामाग्री र उत्पादनमाथि प्रतिबन्ध लगाउनु त्यती सहज देखिँदैन । अनेक माध्यमबाट यस्ता सामाग्री चुहिने गर्छन्, जसलाई रोक्नु असम्भव छ ।
यस्तैमा यौनजन्य सामाग्री अहिले धेरैको लागि चासोको विषय बन्न पुगेको छ । हातहातमा मोबाइल छ, घर–घरमा इन्टरनेट । यति भएपछि यौनजन्य सामाग्री हेर्न कसले रोक्न सक्छ र ?
यौनप्रति चासो र रुची हुनु स्वभाविक पनि हो । यौनजन्य गतिविधिमा रमाउनु मानविय प्रवृत्ति पनि हो । यसर्थ यस्ता यौनजन्य जिज्ञासा मेट्ने र यौन तृष्णा मेट्ने माध्याममाथि प्रतिबन्ध लगाउनु त्यती वैज्ञानिक विधि होइन ।

यस्ता कुरामा अरुले रोकेर वा छेकेर हुँदैन, बरु आफै नियन्त्रित हुनुपर्छ । किनभने यौनजन्य सामाग्री हेर्ने अर्थात पोर्न साइट हेर्ने लत आफैमा राम्रो होइन । यसले प्रत्यक्ष केही असर र्पुयाउँछ । जस्तो, हाम्रो समय नष्ट गर्छ । मनमा यौन विकार पैदा हुन्छ ।

पारिवारिक जीवन प्रभावित बनाइदिन्छ । यौनजन्य सामाग्री खोज्ने र हेर्ने लत लाग्छ । कतिपय नराम्रो कार्य गर्न समेत उक्साउने भय रहन्छ ।
पोर्न साइट वा अश्लिल सामाग्री हेर्ने बानीले दिगममा समेत असर गर्ने बताइन्छ । मेडिकल डेली रिपोर्टका अनुसार पोर्न साइट हेर्ने बानी भएपछि मान्छेको मतिष्क धेरैजसो समय यौनजन्य कुराले ओगट्न थाल्छ ।

एक रिसर्च अनुसार यस किसिमको फिल्म हेर्न थालेपछि डोपामाइन हर्मोन निर्माण तिब्र हुन्छ, जसले कामेच्छा (सेक्स ड्राइभ) बढाउँछ । यो हर्मोन न्यूरो ट्रान्समिटरको रुपमा काम गर्छ ।
अहिले किशोरपुस्ता यौन सामाग्रीमा बढी रुची राख्छन् । उनीहरुका लागि यसको पहुँच पनि सहज छ । एक रिसर्च अनुसार करिब ७० प्रतिशत किशोर यौनजन्य सामाग्री हेरिरहेका हुन्छन् । उनीहरुमा यौनजन्य सामाग्री हेर्ने उत्सुकताले मस्तिष्कको विकासमा असर पुग्छ ।

साथसाथै यसले अनिद्रा, बेचैनी, एक्लोपन जस्ता समस्या पनि निम्त्याउने गरेको पाइएको छ । तसर्थ आफुसँग आफै इमान्दार र अनुशासित हुनुपर्छ । अरुको कर र बलमा होइन, आफ्नै विवेकले यस्ता कुराहरु त्याग्नुपर्छ ।