माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स दम्पतीले सम्बन्ध विच्छेद गर्ने


Hina Suwal

  • 6
    Shares

काठमाडौं । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिन्डा गेट्सले सामाजिक सञ्जालमार्फत सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । उनीहरुले २७ वर्षपछि आफ्नो दाम्पत्य सम्बन्ध तोड्न लागेका हुन् । उनीहरुले निकै सोचविचार गरेर सम्बन्ध विच्छेदेको निर्णय गरेको हो ।

बिल र मेलिन्डाको भेट सन् १९८० को आखिरी दसकमा भएको थियो । मेलिन्डा त्यतिबेला माइक्रोसफ्ट कम्पनीमा जागिरेका रूपमा प्रवेश गरेकी थिइन्। उनीहरूका ३ सन्तान छन् ।