तीन करोड डोज भ्याक्सिन किन्दै पाकिस्तान


Hina Suwal

  • 5
    Shares

काठमाडौं । पाकिस्तानले तीन करोड डोज कोरोनाविरुद्धको भ्याक्सिन किन्ने भएको छ ।

कोरोनाको दोस्रो लहरको खतरा झेलिरहेको पाकिस्तानले भ्याक्सिन निर्मातासँग खरिद सम्झौता गरेको हो ।

पाकिस्तानी राष्ट्रिय स्वास्थ्य सेवा विभागका विशेष सहायक डा.फैसल सुल्तानले भने, ‘‘हामी कसैको सहयोगबाट होइन, ९० प्रतिशत भ्याक्सिन खरिद गरेरै जनतामा पु¥याउँछौं ।’’ हाल पाकिस्तानमा दैनिक डेढ लाखलाई खोप लगाइने गरिन्छ, अब तीन लाख पु¥याउने सरकारको योजना छ । एजेन्सी