विश्वभर कोरोना संक्रमितको संख्या १५ करोड ४१ लाख बढी, मृत्यु हुनेको संख्या ३२ लाख २६ हजार


Yukta

काठमाडौं ।अहिले विश्वभर विभिन्न देशमा नयाँ भेरियन्टसहितको कोरोनाभाइरस देखिएको छ । जसका कारण दिनहुँ संक्रमितको संख्या बढ्दै गइरहेको छ भने त्यही अनुसार मृत्युदर पनि बढिरहेको छ ।

कोरोना संक्रमणका बीच विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले भारत लगायत केही देशमा संक्रमितको संख्या तिव्र रुपमा बढेको देखिन्छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १५ करोड ४१ लाख ७८ हजार २ सय ४४ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ लाख २६ हजार ८ सय ७५ पुगेको छ ।

त्यस्तै हालसम्म विश्वमा १३ करोड १५ लाख ७३ हजार ८ सय ५८ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ५ लाख ९१ हजार ५ सय १४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड ३२ लाख ३० हजार ५ सय ६१ पुगेको छ । यस्तै अमेरिकामा २ करोड ५९ लाख ९ हजार ३ सय ९३ कोरोना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ४ लाख ८ हजार ८ सय २९ पुगेको छ भने संक्रमितको संख्या १ करोड ४७ लाख ९१ हजार ४ सय ३४ पुगेको छ ।