एक महिला जो १० पटकसम्म कोरोना निगेटिभ देखिन्, मरेपछि रिपोर्ट आयो पोजेटिभ…


Yukta

लन्डन । ब्रिटेनमा कोरोनाको बिषयमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँ एक ५५ वर्षीया महिला अस्पतालमा भर्ना भइन् । उनको हर्नियाको शल्यक्रिया भयो । यसैबीच, उनी १० दिनसम्म अस्पतालमा नै रहीन् । यसैबीच हरेक दिन उनको कोरोना टेष्ट पनि हुन्थ्यो । महिलालाई कोरोनाप्रुफ वार्डमा राखिएको थियो । महिलाको प्रत्येक रिपोर्ट निगेटिभ आयो तर अचानक उनको दस दिन पछि मृत्यु भयो ।

यो घटना उत्तरी स्टेनफोर्डशायरको हो । जहाँको रायल स्टोक यूनिभर्सिटी हस्पिटलमा डेब्रा शा नाम गरेकी एउटी महिलालाई भर्ना गरिएको थियो । १० दिन पछि यस महिलाको अस्पतालमा मृत्यु भएको थियो । मृत्युपछि परिवारका सदस्यहरुलाई अन्तिम भेटको लागि बोलाइएको थियो । परिवारका सदस्यहरूलाई बताइयो कि महिलामा कोरोना छैन भनेर । उनी अस्पतालमा रिकभरीको बेला निमोनियाको चपेटामा आएकी थिइन् । त्यस समयमा अस्पतालका डाक्टरहरूले पनि परिवारलाई सान्त्वना दिँदै अँगालो मारेका थिए । तर अब घटनामा नयाँ मोड आएको छ ।
द सन डट यूकेको रिपोर्टका अनुसार डेब्रा शा को छोरा जसको उमेर ३२ बर्षको छ उनले भने, ‘मेरो आमाको मृत्युपश्चात् डाक्टरले मलाई बतायो कि आमा कोरोना पोजेटिभ छ । यो सरासर गलत हो । यदि उनी कोरोना पोजिटिभ थिइन् भने १० दिनको परीक्षणमा उनी कसरी कोरोना निगेटिभ आइ रहेकी थिइन ? तर अब उनी पोजिटिभ देखिइन् भने किन सम्पूर्ण परिवारलाई खतरामा राखेर मिल्न दिइयो त ?’ यस परिवारले अब अस्पतालको बिरूद्ध कारबाहीको योजना बनाइरहेको छ ।