४० करोड इलेक्ट्रीक कार बनाउन पुग्ने लिथियम आयोन जर्मनीमा भेटियो


Yukta

  • 7
    Shares

काठमाडौं । दक्षिणी जर्मनीको अपर राइन रिभर भ्यालीमा ठूलोमात्रामा लिथियम आयनको भण्डार भेटिएको छ । राइन रिभर भ्यालीको हजारौ मिटर तल करिब ४० करोड यूनिट इलेक्ट्रीक कार बनाउन पुग्ने लिथियम आयोन भेटिएको हो ।

यसको भण्डारण करिब ३ सय किलोमिटर लम्बाई तथा ४० किलोमिटर चौडाई बराबरको क्षेत्रफलमा फैलिएको छ । यो अहिलेसम्म भेटिएको विश्वकै सबैभन्दा ठूलो लिथियम आयोनको खानी हो ।

जर्मन-अस्ट्रेलीयन स्टार्टअप कम्पनी भल्कन इनर्जीले यो भण्डारण पत्ता लगाएको हो । भाल्कनले अब लिथियम आयनको अन्वेषण गर्नको लागि २ विलियन डलर लगानी गर्ने जनाएको छ । कम्पनीको योजना अनुसार सन् २०२४ सम्ममा प्रतिवर्ष १५ हजार टन लिथियम आयोन यहाँबाट निकाल्ने जनाएको छ । सन् २०२५ बाट दोस्रो चरणमा कम्पनीले वार्षिक ४० हजार टन उत्पादन गर्ने योजना बनाएको छ ।

विश्व जलबायु परिवर्तनको समस्यालाई समाधान गर्नका लागि युरोपियन युनियनलाई अहिलेको भन्दा सन् २०३० सम्ममा १८ गुणा र सन् २०५० सम्म ६० गुणा बढि लिथियम आयोनको जरुरत पर्ने जनाइएको छ । यस्तोमा जर्मनीमा भेटिएको यो भण्डारण निकै फलदायी हुने जनाइएको छ । मेरोअटो