कर तिर्ने म्याद बढाउन चेम्बरको माग


नेपाल कुरा

काठमाडौं । नेपाल चम्बर अफ कमर्शले निषेधाज्ञाको समयमा कर तिर्न समस्या भएको भन्दै समय थप गर्न माग गरेको छ ।

निषेधाज्ञामा कार्यालय जान नसकिने र सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले कर तिर्न आवश्यक म्याद थप गरिदिने व्यवस्था गरिदिन सरकारलाई आग्रह गरेको हो ।

यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएको चेम्बरले जनाएको छ ।