उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बियो


नेपाल कुरा

  • 5
    Shares

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ । मंगलबार बसेको उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका सीडीओहरूको संयुक्त बैठकले कोरोना संक्रमण बढ्दै गएको निष्कर्ष निकाल्दै निषधाज्ञा वैशाख २९ गतेसम्म थप गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यस्तै बैठकले जारी निषेधाज्ञालाई थप कडा बनाइएको छ ।

अबदेखि बिहान १० बजेसम्म मात्र पसल खोल्न पाइने र बेलुका नपाइने भएको छ । बैंक तथा वित्तिय संस्थाको हकमा सीमित कर्मचारीलाई उपस्थित हुने गरि संचालन अनुमति दिने निर्णय पनि भएको छ ।

प्रशासनले यसअघि जारी भएका सबै प्रकारका पास खारेज गर्ने निर्णय पनि गरेको छ ।

निषेधाज्ञा उल्लंघन गर्दै फुटपाथ, साइकल र ठेलागाडा संचालन गर्नेलाई पनि कार्वाही गर्ने निर्णय भएको छ ।

अत्यावश्यक कामबिना घरबाट निस्कनेलाई होल्डिङ सेन्टरमा राखेर जरिवाना गरिने, मास्क नलगाउनेलाई १०० रुपैयाँ तिराइने निर्णय पनि भएको छ ।