आजदेखि बेलुका पसल खोल्न नपाइने, साइकल र ठेलागाडा पनि चलाउन रोक


नेपाल कुरा

  • 4
    Shares

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई आज (मंगलबार) देखि कडाई गरिने भएको छ ।
उपत्यकाका तीनैवटा सीडीओहरुको संयुक्त बैठकले आजदेखि उपत्यकामा निषेधाज्ञा अवधीभर बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने र बेलुका नपाइने निर्णय गरेको छ ।

यस्तै, साइकल र ठेलागाडा पनि चलाउन रोक लगाएको छ । निषेधाज्ञा उल्लंघन गर्दै फुटपाथ, साइकल र ठेलागाडा संचालन गर्नेलाई कार्वाही गर्ने निर्णय भएको छ ।

साइकल र ठेलागाडाबाट पनि संक्रमणको जोखिम देखिएकाले त्यस्तो व्यापारमा प्रतिबन्ध लगाइने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । प्रशासनले यसअघि जारी भएका सबै प्रकारका पास खारेज गर्ने निर्णय पनि गरेको छ ।