सेयर बजार आज दोहोरो अंकले बढ्दा झन्डै ७ अर्बको कारोबार


Yukta

काठमाडौँ । साताको अन्तिम दिन आज (बिहिबार) सेयर बजारले उकालो यात्रा तय गरेको छ । आज नेप्से परिसूचक झिनो दोहोरो अंकले बढेको हो । आज सेयर कारोबार मापक नेप्से परिसूचक १०.१३ अंकले बढेर २६८४.०१ को बिन्दुमा पुगेको छ ।

आज कूल २१८ कम्पनीको २ करोड १४ लाख ९६ हजार ५३७ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ९२ करोड ३३ लाख २९ हजार ४७० रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको तुलनामा कारोबार रकममा सुधार आएको छ । बुधबार ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८०१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार कारोबार भएका १३ उपसमूहमध्ये ९ वटा उपसमूहको सेयरमूल्य बढेको छ भने बाँकी ४ वटा उपसमूहको सेयरमूल्य घटेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीले सर्वाधिक कारोबार गरेको छ भने रिडी हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, साल्ट ट्रेडिङ लगायत कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।