प्रधानमन्त्री ओलीद्वारा अन्तराष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन


नेपाल कुरा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा बनेको सम्मेलन केन्द्रको उद्घाटन गरेका छन्।

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले शुक्रबार पद तथा गोपनियताको सपथग्रहण लगतै तीन हजार मानिस अट्ने क्षमताको सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन्।

कोभिड महामारीका बीच प्रधानमन्त्रीको दबाबमा सहरी विकास मन्त्रालयले ललितपुरको गोदावरी ३ मा बन्ने सम्मेलन केन्द्रको उद्घाटनको पूरा तयारी गरेको थियो।

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी, सभा र सम्मेलन तथा कार्यक्रम गर्न मिल्ने हलको अभाव देखिएपछि २०७६ कात्तिकमा ओलीले नै ५ महिनाभित्र हल निर्माणका लागि सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका थिए।
त्यसलगत्तै सहरी विकास तथा भवन निर्माण विभागले टेन्डर आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको हो ।

प्रधानमन्त्री ओलीले आफ्नो निर्देशनमा निर्माण सुरु भएको सम्मेलन केन्द्र फागुन महिनामै सक्न भनेका थिए। तर विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले भर्खर निर्माणको काम सम्पन्न गरेको हो।