थप ८ हजार ५२० जनामा कोरोना पुष्टि, २०३ जनाको मृत्यु


नेपाल कुरा

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार ५२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार

२१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । सोही अवधिमा ६ हजार १३५ जना निको भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ४ हजार ६६९ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको रहेको मन्त्रालयले जनाएको छ ।