हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर कारोबार रोक्का


Yukta

काठमाडौं ।  मर्जरको लागि बैशाख ३० गते सम्झौता गरेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर कारोबार रोक्का भएको छ । दुई बैंकबीच हिजो बिहिबार एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रवार सुचना जारी गर्दै मर्जर प्रयोजनार्थ दुबै बैंकको शेयर कारोबार रोक्का गरेको जानकारी दिएको हो । दुबै बैंक मर्जरपछि बन्ने बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक हुनेछ ।