ओली र नेपालपक्षीय नेताहरु छलफल गर्न सिंहदरबारमा


नेपाल कुरा

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु छलफलमा जुटेका छन् ।

पार्टी भित्र देखिएको विवाद समाधान गर्न दुवै पक्षका नेताहरु छलफल गर्न सिंहदरबार पुगेका छन् ।
दुवै पक्षका दोस्रो तहका नेताहरूको उपस्थितिमा वार्ता हुन लागेको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा वार्तास्थल तय गरिएको छ ।

वार्ताका लागि माधवकुमार नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट सिंहदरबार पुगिसकेका छन् । ओली पक्षका नेता ईश्वर पोखरेल विष्णु पौडेल, सुवास नेम्वाङ र रामबहादुर थापा बैठकस्थल पुगेका छन् ।

प्रधानमन्त्री एवं अध्यक्ष ओली भने आउन बाँकी छन् । हिजो ओली र नेपालबीच भएको सहमतिलाई कार्यान्वयन तहमा पुर्‍याउन नेताहरू छलफलमा जुटेका हुन् ।