अर्थोपेडिक डा. चौधरीको कोरोना संक्रमणका कारण निधन


Yukta

काठमाडौं । विराटनगरमा कोरोनाभाइरसको संक्रमणबाट एक अर्थोपेडिक डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका वडा-६ घर भएका डा. मुकेश चौधरी रहेका छन् ।

उनको मंगलबार बिहान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनी ९ दिनदेखि होम आइसोलेसनमा रहेका थिए ।

स्वास्थ्यमा समस्या बढेपछि उनलाई नोबेल अस्पतालमा भर्ना गरिएको थियो । उनको नोबेल अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । ३५ वर्षीय डा. चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएका थिए ।