८ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने बाबु पक्राउ


Yukta

उप-सम्पादक

काठमाडौं । आफ्नै ८ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेका छन् । छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा, बगनासकाली गाउँपालिका-२ बस्ने ३१ वर्षीय पुरुषलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती पुरुषले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।