ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा खुल्यो आवेदन


नेपाल कुरा

काठमाडौं । ब्रिटिस आर्मी र सिंगापुर पुलिसको आवदेन खुलेको छ । सन् २०२२ इन्टेकको लागि खुला भएको गोर्खा भर्ती प्रक्रियामा यसपाली केही फेरबदल भएको छ ।
यसपटक १९ वर्ष पुगेका र २१ वर्ष ननाघेका नेपाली युवाले मात्र गोर्खा भर्ती प्रक्रियामा भाग लिन पउने बृटिस गोर्खा नेपालले जनाएको छ ।

यसअघि साढे १७ वर्षमा प्रवेश गरेकाले २१ वर्षको उमेरसम्म गोर्खा भर्तीमा भाग लिन पाउँथे। ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा इच्छुक सबैले अनलाईनमा आवेदन दिनसक्ने जनाइएको छ।

आवेदकहरुले एप्लिकेशन फारम तथा अरु दर्ताको लागि चाहिने कागजपत्रहरु स्क्यान गरेर तथा फोटो खिचेर २८ जुन बिहान को ८ बजे देखी १६ जुलाई दिंउसो को ५ बजे भित्र अनलाइनमार्फत पेस गर्नसक्नेछ ।
दर्ताको लागि वेबसाइट ठेगाना २८ जुन बिहान ८ बजे बृटिश गोर्खाज नेपाल वेबसाइटमा राखिने छ।