फिफा विश्वकप छनोट, नेपालले आज जोर्डनसँग खेल्दै


काठमाडौं । नेपालले आज कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा राति पौने १० जोर्डनसँग खेल्दैछ । फिफा विश्वकप–२०२२ को दोस्रो चरणको छनोटमा नेपालले यो खेल खेल्दैछ ।

यसअघिका तीन भेटमा दुईमा हार र एक बराबरी खेलेको नेपाल तुलानात्मक हिसावले कमजोर छ । तथापि अघिल्लो खेलमा चाईनिज ताईपेइलाई २–० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ ।

नेपाल ६ खेलमा ६ अंक जोडेर चौथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।