महानायक राजेश हमाल आज ५४ बर्षमा प्रवेश गरे


Yukta

काठमाडौं । महानायक राजेश हमाल आज आफ्नो ५४ औँ जन्मदिन मनाइरहेका छन् । माता रेणु हमालको कोखबाट १९६४ जुनमा जन्म लिएका राजेश आज आफ्नो जन्मदिन घरमै मनाउदैछन् । उनको पिताको नाम चुडा बहादुर हमाल हो भने उनका ३ दिदी बहिनी छन् ।

जन्मदिनको अवसरमा उनलाई विहानैदेखि शुभकामनाको ओइरो लागेको छ । उनले २०४८ सालमा फिल्म ‘युगदेखि युगसम्म’बाट अभिनय यात्रा शुरु गरेका हुन् । हालसम्म उनले धेरै फिल्ममा अभिनय गरिसकेका छन् । उनले ४ बर्षअगाडि मधु भट्टराईसँग विवाह गरेका हुन् ।