चीन सरकारले अनुदानमा दिएको कोरोना विरूद्धको खोप आजबाट लगाइँदै (फोटोसहित)


Yukta

काठमाडौं। चीन सरकारले अनुदानमा दिएको कोरोना विरूद्धको खोप आज (मंगलबार)बाट लगाइँदै छ। चीनबाट अनुदान प्राप्त भेरोसिल खोप  उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसलाई पहिलो मात्रा लगाउन लागिएको हो।

सुरुमा ६० देखि ६५ वर्ष उमेरका सबैलाई खोप लगाउने भनिएकामा संख्या बढ्न सक्ने भएर उपत्यकामा ६० देखि ६४ र बाहिर ६२ देखि ६४ वर्ष उमेर छनोट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप अभियानअन्तर्गत चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो मात्रा ९डोज० का लागि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले आफ्नो सबै वडामा खोप केन्द्र तोेकेका छन्।

काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ। त्यस्तै, ललितपुर महानगरपालिकाले २९ वटै वडामा र भक्तपुर नगरपालिकले पनि आफ्नो १० वटै वडामा खोप केन्द्र तोकेको छ ।

भेरोसेल खोपको पहिलो मात्रा (डोज) मंगलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइने बताइएको छ ।