विचित्र पहिरनमा सजिइन् नोरा फेतेही, फोटोशूटमाथि उठाए प्रशंसकहरुले प्रश्न (फोटोसहित)


Yukta

एजेन्सी । ’दिलबर गर्ल’ नोरा फतेही बलिउडकी डान्सिङ डिभा हुन् । आफ्नो नृत्यबाट उनी प्रशंसकको मन शासन गर्दछिन् । आफ्नो ग्लैमरस लुकको कारण नोरा सधैँ चर्चामा रहिरहन्छिन् । सोशल मिडियामा एकदमै सक्रिय रहने नोराले यस्तै केही तस्वीर सामाजिक संजालमा पोस्ट गरेकी छिन् जसलाई देखेर फ्यान्सहरू छक्क परेका छन् । यी तस्विरहरू देखेर मानिसहरूले नोराको फेशन सेन्समाथि प्रश्नचिन्ह खडा गरिरहेका छन् ।

इन्टरनेट सेन्सेसन नोरा फतेहीले उनका चारवटा तस्विरहरु पोस्ट गरेकी छिन् । यी तस्बीरहरु निकै भाइरल भइरहेको छ । यी तस्बीरहरुमा नोराको विचित्र स्वरुपहरु देख्न सकिन्छ ।

फ्यानहरूले अब नोरा फतेहीलाई उक्त पहिरनमा प्रश्न गरिरहेछन् । एक फ्यानले लेखे, ’नोरा रणवीरलाई टक्कर दिँदैछ ।’ त्यहि समयमा अर्काले भने, ’रणवीर पनि नोराभन्दा पछाडि रहे ।’


वास्तवमा, नोरा फतेहीको यी फोटोहरू एक थिम शुटको हिस्सा हो । एक अन्तर्राष्ट्रिय फोटोग्राफरले उनको यी तस्वीरहरु क्लिक गरेका हुन् ।
नोरा फतेही यी तस्वीरहरूमा कमाल पोज दिइरहेकी छिन् । यसमा उनको लचकतास्पष्ट देखिन्छ । नोरा प्रत्येक फोटोमा आफूलाई सन्तुलनमा राखिरहेको देखिन्छ ।


नोरा फतेहीका फोटोका लुगाहरुमा रंगीचंगी र धेरै प्याट्रन देख्न सकिन्छ । प्रशंसकहरूले जेसुकै भनून्, तर नोराले यो शुटको भरपुर आनन्द लिएकी छिन् ।

फोटो सौजन्य : नोरा फतेही इन्स्टाग्राम