हिम पर्वतमा देखियो गाढा रगतको धब्बा, वैज्ञानिकहरु पनि हैरान !


Yukta

एजेन्सी । सेतो हिउँदार हिम पर्वतहरुले यस पृथ्वीमा मौसमको सन्तुलन कायम गर्न मद्दत गर्दछ । तर यदि हिमनदीमा रगतको जस्तै धब्बाहरु देखेर अहिले वैज्ञानिकहरु छक्क परिरहेका छन् । यो मौसमको प्रभाव हो वा केहि आक्रमणकारीले यहाँ रगतका बहावहरू बगाएका हुन् ? मानिसहरु तस्बीर देखेर छक्क परिरहेका छन् । जबकि वैज्ञानिकहरुले यसलाई हिमनदीको रगत भनेका छन् । वैज्ञानिकहरूले भनेका छन् कि यो मौसमको प्रभाव होईन, तर अझै यस रगतको अध्ययन गरेर यस विषयको सतहमा जाने प्रयास गरिने बताएको छ ।
जब रगतहरुको दागसहित चित्रित हिमनदीका चित्रहरू ट्विटरमार्फत आए तब मानिसहरू अचम्मितका साथै भयभित पनि भए । किनकि आजकल प्रकृति र पृथ्वी दुबै नयाँ चुनौतिहरूको सामना गरिरहेका छन । र यस्तो अवस्थामा हिमनदीमा रगतको धब्बा रातो रंग कहाँबाट आयो भन्ने अहिले चिन्ताको विषय बनेको छ ।
यद्यपि वैज्ञानिकहरूको अनुमान छ कि यो काम समुद्रमा बास गर्ने जीवको हुनसक्छ र अहिले हिमनदीमा लुकेर बसि यसमाथि कब्जा गर्न कोशिस गर्दैछ ।

फ्रान्समा हिउँले ढाकिएको आल्प्सको चुचुरोमा अचानक देखा पर्ने यी रगतका दागहरू वास्तवमा सूक्ष्मजीवीको कारण भएका हुन्, अर्थात् समुद्री सतहको तल बढेको छाल हो । जब माइक्रो–छाल समुद्रमा बढ्छ, तब त्यहाँ उपस्थित माइक्रोस्कोपिक पदार्थहरू जीवित अवस्थामा हुन्छन् र उनीहरूले आफ्नै खाना पाउँछन् । तर कसरी यो जीब समुद्री किनारबाट हजारौं फुट माथि हिमनदीमा जम्मा भयो र कसरी यसको रंग रातो भयो, यो वैज्ञानिकहरूको चिन्ताको विषय बनेको छ । वैज्ञानिकहरू आशंकित छन् कि यो मौसममा हुने ठूला परिवर्तनहरूको संकेत हो र आउँदो दिनमा मौसममा परिवर्तन देख्न पनि सकिन्छ ।