चर्चित धारावाहिक ‘अनुपमा’ का एक्टर सुधांशु पाण्डेले घरमै बसी बनाए यस्तो बडी


Yukta

एजेन्सी । टिभी सिरियल ’अनुपमा’ को एक्टर वनराज अर्थात् सुधांशु पाण्डेको फ्यान फलोइंग धेरै छन् । केटीहरू सुधांशुुको लागि पागल हुने गर्दछन् । सुधांशु सोशल मिडियामा निकै सक्रिय देखिन्छन् । सुधांशु प्रत्येक दिन आफ्नो इन्स्टाग्राम ह्याण्डलमा नयाँ पोष्टहरू साझेदारी गरी फ्यानहरूलाई मनोरञ्जन दिइरहेका हुन्छन् । प्रशंसकहरूले पनि टिप्पणी गरेर सुधन्शुको मनोबल बढाइरहेका देखिन्छन् । सुधांशुले हालसालै एउटा तस्वीर पोष्ट गरे, जुन हेरेपछि फ्यानहरूको मुटुको धडकन झन् तीव्र बनेको छ ।
’अनुपमा’ फेम सुधांशू पाण्डेले आफैंले यस्तो तस्वीर पोस्ट गरेका हुन् । जसमा सुधांशु निकै फिट र बडिबिल्डर देखिन्छन् । उनले आफ्नो बडीलाई फिट बनाउन कडा मिहिनेत गरेको उक्त तस्बीरमा देखिन्छ । उनको यस लुक्सले फ्यानहरूको मन जितिरहेको छ । यस तस्वीरमा सुधांशु एक शर्टलेस अवतारमा देखिन्छ । यस फोटोमा सुधन्शुको एब्स र टोन्ड बडी स्पष्ट देखिन्छ । उनी क्यामेराको अगाडि मोडेलको रूपमा प्रस्तुत भएको देखिन्छ ।
सुधांशु पाण्डेको यस शरीरलाई हेरेर, यो स्पष्ट छ कि उनी यसका लागि कडा परिश्रम गर्दछन् । र आफ्नो आहारको पनि धेरै ख्याल राख्छन् । बलिउड स्टार सुनील शेट्टीले पनि उनको तस्वीरमा कमेन्ट गरे र ’शानदार’ लेखेका छन् ।