यो हो संसारकै सबैभन्दा लामो कार ! हेलीप्याडदेखि स्विमिंगपूलको समेत सुविधा (तस्बीरसहित)


Yukta

काठमाडौं ।  विश्वभरमा धेरै अचम्म र सुविधायुक्त कारहरु छन्। साधारण कारदेखि सुपर लक्जरी कारसम्म । त्यहाँ फरक संसार देख्न सकिन्छ। तर आज हामी तपाईंलाई एउटा यस्तो कारको बारेमा बताउन जाँदैछौं जुन साधारण व्यक्तिले किन्ने विचारसमेत गर्न सक्दैन र यो कार यति खास छ कि यसमा सबै सुविधाहरू पनि छन्।

विश्वमा यस्तो कार पनि छ, जुन कार हामिले देखेका र सुनेका पनि छैनौं । अमेरिकामा विश्वकै सबैभन्दा लामो कार रहेको छ । उक्त लामो कार ‘लिमोजिन’जसलाई ‘अमेरिकन ड्रीम’को उपमा दिइएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम पनि दर्ता भइसकेको यो कारको लम्बाई १०० मिटर रहेको छ ।

यस कारको भित्रीको बारेमा कुरा गर्ने हो भने, यस कारलाई भित्रबाट हेर्दा पाँच-सितारा होटेल जस्तै महसुस गर्न सकिन्छ। यस कारमा स्वीमिङ पुलदेखि हेलिप्याडसम्मको सबै सुविधा रहेको छ । यस कारमा अगाडि र पछाडि गरेर दुईवटा क्याबिन रहेका छन् ।

यस कारलाई सन् १९८६ मा अमेरिकाको क्यालिफोर्नियामा ओहरबर्गले डिजाइन गरेका थिए । मिनी किचन, बाथरुम, बेडरुम, हेलिप्याड लगायतको सुविधा रहेको यो कारका २६ वटा पांग्रा रहेका छन् ।