एचआइडीसीएलको १००% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका


Cosmic

काठमाडौं । एचआइडीसीएल को १००% हकप्रद सेयर सुरक्षित गर्ने आज जेठ २७ गते अन्तिम मौका हो । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि भोली जेठ २८ गते बुक क्लोज गर्ने भएको छ । उक्त हकप्रद सेयरमा आज बिहीबारसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।

कम्पनीले १००% हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।