नवजात शिशुको घाँटीमा अड्किएको थियो औषधी, भगवान बनेर पुलिस अधिकारीले बचाए ज्यान


Yukta

एजेन्सी । अहिले अमेरिकाको एक २३ वर्षीय पुलिस अधिकारीको कार्यले त्यहाँका मानिसहरु उनको ठूलो प्रशंसक बनेका छन् । उनले आफ्नो बुद्धिले नवजात शिशुको ज्यान बचाउन सफल भएका थिए । अर्कान्सास पुलिस विभागमा तैनात यस अधिकारीलाई एक ’नायक’ को दर्जा दिइएको छ र चाँडै नै उनलाई लाइफ सेभिङ अवार्ड पुरस्कारद्धारा पनि सम्मानित गरिने भएको छ । पुलिस अफिसर हबार्ड बच्चाको लागि त्यो बेला भगवान साबित भए जतिबेला उनले एउटा नवजात शिशुको घाँटीमा अड्किएको औषधी निकाल्न सफल भए । औषधी घाँटीमा अड्किएको कारण बच्चालाई सास फेर्न गाह्रो भइरहेको थियो । यदि हबार्डले सही समयमा सहयोग नगरेको भए बच्चालाई जे पनि हुन सक्दथ्यो ।
फक्स न्यूजको रिपोर्ट अनुसार नवजात शिशुको बुबा जो क्रोनिस्टरले उनलाई एन्टि–ग्यास ड्रप्स दिइरहेका थिए । तब अचानक बच्चालाई सास फेर्न गाह्रो भयो । आफ्नोे तीन हप्ताको बच्चाको यस्तो हालत देखेर क्रोनिस्टर निकै डराए । उनले बच्चालाई राहत दिन यथासक्दो प्रयास गरे तर सुधारको सट्टामा अवस्था झन् झन् खराब हुँदै गयो । बच्चाको रंग बैजनी हुन थाल्यो, त्यसपछि डराउँदै उनले तुरुन्तै आपतकालीनमा कल गरेर मद्दतको लागि गुहार मागे ।
यस्तैमा उताबाट अफिसर हबार्डले क्रिनिस्टरको फोन रिसिभ गरे र उनले बुझे कि यदि तत्काल सहयोग प्राप्त भएन भने बच्चा मर्न सक्दछ । केही मिनेटमै हबार्र्ड पीडितको परिवारको घरमा पुगे र समयलाई खेर नफाली बच्चालाई उठाएर उनको पिठ धपधपाउन थाले । अफिसले यति गरेपछि, नवजात शिशुको घाँटीमा अड्किएको औषधी भित्र पस्यो र ऊ केही समयमै बच्चा सामान्य बन्यो । बच्चालाई निको हुने बित्तिकै क्रोनिस्टर परिवार भावुक भए । साथै हबार्डले पनि आफ्नो आँसु थाम्न सकेनन् ।

आर्कान्सा पुलिस विभागले आफ्नो फेसबुक पेजमा पुलिस अफिसर हबार्ड र नवजात शिशुको फोटो साझा गरेको छ । हबार्डको बुद्धिको अहिले जताततै प्रशंसा भइरहेको छ । फक्स न्यूजसँग कुरा गर्दै हबार्डले भने, ’त्यो समय मेरो लागि निकै भावनात्मक क्षण थियो । जब म बच्चासँग सम्बन्धित कुनै कल उठाउँछु, सबैभन्दा पहिले म सोच्दछु कि मैले अभिभावकको रूपमा के गर्नुपर्दछ र त्यस अनुसार कार्य गर्दछु । हबार्डलाई यस महिनाको अन्तिममा लाईफ सेभिंग अवार्डबाट सम्मानित गरिने भएको छ । सेल्यूट गर्दछौँ तपाईलाई नेपाल कुराको तर्फबाट ।

-एजेन्सीको सहयोगमा