शेयर बजार घट्दा पनि १६ अर्ब बढीको कारोबार, हाइड्रोमा लगानीकर्ताको आकर्षण


Yukta

काठमाडौं । आज (बिहिबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । हिजो बुधबार १३.५६ अंकले घटेर दुई हजार नौ सय ४६ दशमलब ५८ विन्दुमा थामिएको थियो ।

घटेको बजारमा आज हाइड्रोपावरमा लगानीकर्ताहरूको आकर्षण बढेको छ । सर्किट लेभलमा कारोबार हुने कम्पनीहरूमा अधिकांश हाइड्रोपावरहरू नै रहेका छन् ।

आज नेप्से १.८० अंकले घटेर दुई हजार नौ सय ४४ दशमलब ७८ विन्दुमा थामिएको छ । त्यस्तै, आज १६ अर्ब १० करोड ४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये सात वटा समूह बाहेक अन्य समूह बढेका छन् भने १२ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

बिहीबार सर्वाधिक नाफा कमाउने कम्पनीहरूमा क्रमश स् पाँचथर पावर कम्पनी लिमिटेड, लिबर्टी इनर्जी कम्पनी, शिव श्री हाइड्रोपावर, ङादी ग्रुप पावर, माउन्टेन इनर्जी, छ्याङ्दी हाइड्रोपावर, रिडी हाइड्रोपावर, बरूण हाइड्रोपावर, पोखरा फाइनान्स, सिइडिबी हाइड्रोपावर, अरूण भ्याली हाइड्रोपावर, ग्रीन लाइफ हाइड्रोपावर, जोशी हाइड्रोपावर र ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था रहेका छन् । यी सबै कम्पनीको नाफा ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

त्यस्तै आज सर्वाधिक नाफा गुमाउने कम्पनीहरूमा क्रमश स् गोर्खाज फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन, समिट लघुवित्त, प्राइम लाइफ, एभरेष्ट इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स रहेका छन् ।