पत्याउनुहोस् वा नपत्याउनुहोस् ! एक महिलाले एकै पटक १० बच्चा जन्माइन्


Yukta

काठमाडौं । संसारमा अहिले धेरै अचम्मका घटनाहरु दिनप्रतिदिन घट्दै छ । यस्तैमा केही समय अगाडी  एक महिलाले नौ वटा बच्चा जन्माएको समाचार सेलाउन नपाउँदै दक्षिण अफ्रिकाकी एक महिला टेबोहो सोतेत्सीले एकै पटकमा १० वटा बच्चा जन्माएकी छन् ।

एकै पटक यतिधेरै बच्चा जन्मिएको रेकर्ड यसअघि आएको थिएन् । जन्मिएका बच्चामा सात छोरा र तीन छोरी छन् । उनीहरू सोमबार राती जन्मिएका हुन् ।

सोतेत्सीले १० बच्चा जन्मिएको आफूलाई पनि आश्चर्य लागेको बताएकी छन् । उनका पति गोसियामे थमारा सिथोलेले परीक्षणका क्रममा आठ वटा मात्रै बच्चा देखिएकोमा १० वटा जन्मिदा आफू छक्क परेको सञ्चार माध्यमहरूलाई बताएका छन् ।

ती महिलाले यसअघि पनि जुम्ल्याहा बच्चा जन्माएकी थिइन्। उनीहरू अहिले छ वर्षका भए । अहिले जन्मिएका बच्चासहित उनको कुल बच्चा १२ पुगेको छ । शल्यक्रिया गरेर जन्माइएका बच्चाहरू सबै स्वस्थ रहेको जनाइएको छ ।