गीतकार तथा रचनाकार राजेश एकलको –‘‘कस्तो आपत् आयो प्रभू‘’ गीतको म्युजिक भिडियो सार्वजनिक


Yukta

काठमाडौं । गायक, संगीतकार तथा रचनाकार राजेश एकलले विश्वभरि भइरहेको र भइरहने दैबिक प्रकोप तथा महामारीलाई लक्ष्यित गर्दै एउटा नयाँ पुकार गीत ‘कस्तो आपत् आयो प्रभू’ तयार पारेका छन् । उक्त गीतमा गायक सुरेश मानन्धर र बबिता मानन्धरको स्वर तथा अभिनय सुन्न र हेर्न सकिन्छ ।
हटौँडा घर भएका एकलले पटक–पटक नेपाली गीत तथा संगीतहरु नेपाली बजारमा ल्याउँदै आएका छन् । गीतकार राजेश एकलले यो भन्दा अगाडी पनि आफ्नो शब्द तथा रचना दिदैँ आइरहेका छन् । योभन्दा अगाडी पनि एकलले नेपालीहरूको महान पर्व बडादशैंलाई लक्ष्यित गरी विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा समर्पित गर्दै सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीप्रति विजया दशमीको शुभकामना स्वरुप ‘दसैं ठूलो चाड हाम्रो’ गीत सार्वजनिक गरिसकेका छन् ।
अहिले भने ‘कस्तो आपत् आयो प्रभू’ गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ ।
गीतलाई सञ्जय खड्कीले संगीत संयोजन गरेका छन् भने पर्शुराम पाण्डेले निर्माण गरेको उक्त भिडियोको सम्पादन तुलाराम थापाले गरेका छन् । यस्तै पोष्टर डिजाइन युक्तले गरेका छन् यसैगरी गीतलाई अंग्रेजीमा सुरज पाण्डेले रुपान्तरण गरेका छन् । गीतको कास्टिङ स्वयम् राजेश एकलले गरेका छन् ।

गीतकोबारे बोल्दै गायक सुरेश मानन्धरले रचनकार राजेश एकलको शब्दमा बनेको कस्तो ‘आपत् आयो प्रभू’ बोलको गीत आफुले गाउनु पाउँदा साह्रै खुशी लागेको र अगामी दिनहरुमा पनि राजेशको साथ पाए गीतहरुमा आफ्नो स्वर राख्ने चाहना व्यक्त गरे साथै गीतको शब्दले मान्छेको मन, मुटु र मष्तिष्कलाई छुन सक्ने ताकत रहेको बताए ।

त्यस्तै गायिका बबिता मानन्धरले पनि आफुले पटक पटक राजेश एकलको गीतमा स्वर दिएतापनि यो गीतले आफु निकै भावुक हुन पुगेको बताइन् । साथै यो गीत एकलको अरु गीतहरुभन्दा विल्कुल फरक खालको रहेको धारणा व्यक्त गरिन् । दैविक प्रकोप र महामारीलाई समेटेर बनाइएको यस गीतले अहिलेको समय साँच्चै मानसिहरुले विभिन्न किसिमको विपत्तिहरुबाट सामना गरिरहेकोमा आफु निकै दुःखी भएको बताइन् । साथै राजेश एकलले आफुलाई यस्तो मर्माहित गीत गाउने मौका दिएकोमा धन्यवाद् समेत प्रकट गरिन् ।

यस्तै, संगीतकार सञ्जय खड्गीले गीत सोचेकोभन्दा पनि राम्रो भएको प्रतिक्रिया दिएका छन् । उनले राजेश एकलको पहिलेपनि ७, ८ वटा गीतहरुमा संगीत पस्किसकेको र यो ‘कस्तो आयो आपत् आयो प्रभू’ आफैमा निकै फरक र उत्कृष्ट किसिमको गीत भएको दावी गरे । योभन्दा अघि पनि राजेश एकलको स्वर र शब्दमा नेपालका प्रख्यात गायकहरु रामकृष्ण ढकाल, सरिता साही, शर्मिला बर्देबा, सुरेश मानन्धर, बबिता मानन्धर, कविक नेवा र स्वयं राजेश एकलको स्वरांकनमा आफुले संगीत भरिसकेको सम्झना गराउँदै अझै ४, ५ वटा गीतहरुमा संगीत गरेर तयारीमा राखेको जसमा केही गीतरुहमा एकल आफैले गाउने तयारीमा छन् भने अरु गीतहरु भने अरु गायक गायिकाहरुमा स्वरबद्ध गराउने तयारी रहेको बताएका छन् । साथै अगामी दिनहरुमा अझै उत्कृष्ट संगीत राख्दै जाने कुरामा विश्वास गरे ।