नवनियुक्त ८ मन्त्रीले लिए सपथ


नेपाल कुरा

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई सपथ गराएकी हुन् ।

नयाँ सात मन्त्रीलाई राष्ट्रपति तथा एक राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ गराएका हुन् । वन तथा वातावरणमन्त्रीमा नारदमुनी राना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा मोहन वानियाँ, गृहमन्त्रीमा खगराज अधिकारी, संचारमन्त्रीमा नैनकला थापा, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी र वनराज्यमन्त्रीमा आशा विकले सपथ लिएका छन् ।

आज ७ मन्त्री र एक राज्यमन्त्री थपिएसँगै मन्त्रिपरिषद् २५ सदस्यीय पुगेको छ ।