मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, ढल्यो गण्डकी सरकार


नेपाल कुरा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेको छ । प्रदेशसभामा आज भएको मतविभानजमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन असफल भएपछि गण्डकी सरकार ढलेको हो । प्रदेशसभामा गुरुङले विश्वासको मत लिन गरेको प्रस्तावको पक्षमा २७ जना र विपक्षमा ३० जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।

६० सदस्यीय प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावउपरको मतविभाजनमा ५८ जना उपस्थित थिए । मतदानमा स्वतन्त्र सांसद दीपक मनाङे अनुपस्थित थिए। राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसेका छन्।