थप ३,७४९ जनामा कोरोना पुष्टि, ५२९३ डिस्चार्ज


नेपाल कुरा

काठमाडौं । पछिल्लो २४ घण्टामा ३,७४९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बिहीबार ९,९०१ वटा पीसीआर र ५,३३७ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधिमा ५९ जनाको मृत्यु भएको छ । योसँगै कूल मृतकको संख्या ८२३८ पुगेको छ । यस्तै बिहीबार ५२९३ जना डिस्चार्ज भएका छन् ।