गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज


नेपाल कुरा

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ का निर्णायक एवं गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि ह्याम्स अस्पतालमा भर्ना भएका श्रेष्ठ बिहीबार डिस्चार्ज भएका हुन् ।

१६ दिनअघि अस्पताल भर्ना भएका श्रेष्ठलाई केही दिन घरमै आईसोलेसन बस्ने गरेर अस्पतालले डिस्चार्ज गरेको ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

डिस्चार्ज अघि उनको पुनः कोरोना परीक्षण समेत गरिएको थियो । जसको रिपोर्ट भने आउन भने बाँकी रहेको छ ।