गणेश लामा पोखरामा पक्राउ


नेपाल कुरा

काठमाडौं । ‘डन’ को रुपमा चिनिे नेपाली कांग्रेसका युवा नेता गणेश लामा पोखराबाट पक्राउ परेका छन्। उनलाई बिहीबार साँझ पोखराको लेकसाइडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हाल उनलाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि ल्याइएको डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।

उनलाई पक्राउ गर्नुको कारण प्रहरीले खुलाएको छैन । गण्डकी प्रदेशमा आज पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची छँदा लामा पोखरा पुगेका हुन् । प्रदेशका मन्त्री दिपक मनाङेलाई प्रदेश सभामा अनुपस्थित गराउन लामाको भूमिका रहेको प्रहरीको आशंका छ । हिजो बेलुकीदेखि सम्पर्कबिहिन बनेका मनाङे आज प्रदेश सभामा भएको मतदानमा अनुपस्थित भएका थिए ।