मरेर उठेका एक व्यक्तिको सनसनीपूर्ण खुलासा ! उनले बताए नर्क कस्तो हुन्छ ?


Yukta

एजेन्सी । एक व्यक्तिले दावी गरेका छन् कि उनी २३ मिनेटसम्म मरेका थिए र त्यहिबेला उनलाई नरकको गहिराइमा तानेर लगिएको थियो । जहाँ उसले खाडलमा जल्दै गरेको अनगिन्ति लासहरु देखे । आफ्नो डरलाग्दो परीक्षाको बारेमा वर्णन गर्दै बिल विसेले दाबी गरे कि उनले दुई जना ’क्रुर’ राक्षसहरू भेटे । जसले त्यस डरलाग्दो यात्राको दौरान उनको शरीरबाट मासुहरु लुछेका थिए ।
यस्तो थियो नरक
द सनको रिपोर्ट अनुसार बिल विज नाम गरेका एक व्यक्तिले क्रिश्चियन ब्रोडकास्टर टीसीटी नेटवर्कलाई बताए कि उनी मध्य रातमा मद्यपान गर्न ब्यूँझदा शरीरबाट बाहिर निस्केको अनुभव गरे । कसैले शरीरबाट बिलको आत्मालाई तान्यो र त्यसपछि लामो, अँध्यारो सुरुङ भएर नरकमा लग्यो । उनले भनेः ‘यो एकदम तातो ठाउँ थियो र म नरकको जेलको कोठाको भुइँमा लडेँ । कारागारका भित्ताहरु ढुंगाका थिए एउटा झ्यालखाना जस्तो ।


बिल विज भन्छन कि यो फोहोर, दुर्गन्धित, धुँवाले भरिएको एउटा झ्यालखाना थियो । आगोको संसारसँग डरलाग्दो दृश्य त्यस ठाउँमा देखिन्थ्यो । घटना नोभेम्बर १९८८ को हो । यसपछि उनले यस घटनाको बारेमा एउटा पनि पुस्तक लेखे । यस पुस्तकका एक लाख भन्दा बढी प्रतिहरू अहिलेसम्म बिक्री भइसकेका छन् । बिल वीजले आफ्नो मृत्यु भएको दावी गर्दै भने, ‘नरकको ताप यति असहनीय थियो कि मैले सोचेँ कि म कसरी बाँचिरहेको छु । म सोचिरहेको थिएँ कि म कसरी यहाँ पुगेँ भने ।’
बिल त्यहाँ एक्लै थिएनन् । उनले जेलको कोठामा दुई विशाल राक्षसहरू भेटे र तिनीहरुले बिलसँग एकदमै क्रूर व्यवहार गरे । म यता र उती गर्दै दगुर्दै रहेँ अनि यसको निन्दा गरिरहेका थिए । ‘एउटा राक्षसले मलाई उठायो र मलाई जेलको भित्तामा फालिदियो । मलाई लाग्यो कि मेरा हड्डीहरु भाँचिए । अर्को राक्षसले आफ्नो हातले मेरो छातीहरु चिरिदिए ।’ बिलले भने, ‘हजारौं व्यक्तिहरु चिच्याउँदै एउटा गहिरो खाडलमा जल्दै गरेको मैले देखेँ । बिल विजले भने, तब अचानक मेरो आँखा खुलियो र मैले एक डाक्टरले यसो भनिरहेको सुने, ’हामीले उसलाई फिर्ता पायौं ।’