अर्बपति रिचर्ड ब्रान्सन आफ्नै यानमा चढेर अन्तरिक्ष यात्रा गर्ने पहिलो व्यक्ति बने


Yukta

एजेन्सी । आफ्नै यानमा चढेर अन्तरिक्ष यात्रा गर्ने बेलायती अर्बपति रिचर्ड ब्रान्सन पहिलो व्यक्ति बनेका छन् । ७१ वर्षीय ब्रान्सन हिजो (आइतबार) अमेरिकाको न्यु मेक्सिकोबाट आफ्नै कम्पनी भर्जिन ग्यालेक्सीद्वारा निर्मित यानमार्फत अन्तरिक्षमा पुगेका हुन् ।

उक्त यान पृथ्वीबाट ८८ किलोमिटर उचाइमा पुगेको थियो । ब्रान्सहित पाँच चालकदलका सदस्यले करिब केही मिनेट गुरुत्वशून्यताको अनुभव गरेका थिए । यान सुरक्षित रुपमा पृथ्वीमा अवतरण भएको छ ।

योसँगै टेस्लाका इलन मस्क र अमेजनको जेफ बेजोसलाई पछाडी पार्दै अन्तरिक्ष पर्यटन यात्रीहरूमध्ये ब्रान्सन पहिलो व्यक्ति बन्न पुगेका छन् ।

उनीसँगै युनिटीका दुई पायलट डेभ म्याके र माइकल मासुची, र ग्यालाक्टिकका तीन कर्मचारीहरू बेथ मोसा, कोलिन बेनेट र सिरिशा बन्डला पनि मिसनमा थिए।

भर्जिन समूहका संस्थापक रिचर्ड ब्रान्सनको विश्वभरमा चार सयभन्दा बढी कम्पनी छन् । सन् १९५० मा बेलायतमा जन्मेका उनको पूरा नाम रिचर्ड चाल्र्स निकोलस ब्रान्सन हो । उनले सरको उपाधि भने पछि पाएका हुन् ।