चकलेट सम्झेर ओलीले निलिदिए घडीको ब्याट्री, २८ चोटीको अपरेशनपछि बल्ल बाँचे


Yukta

एजेन्सी । बेलायतको सुसेक्सबाट एउटा एकदमै अचम्मको घटना बाहिर आएको छ । त्यहाँ एक वर्षको बच्चाले बटनको आकारको ब्याट्री निलेका छन् । यसपछि, बच्चालाई २८ अपरेसन पछि बल्ल बचाउन सकिएको छ । यस्तैमा घटनाको दुई बर्षपछि बच्चाको बुबाले उनको फोटोहरु साझा गरेका छन् । जसमा अब त्यो बच्चा निकै सामान्य देखिएको छ ।


डेलीमेलको रिपोर्ट अनुसार बुबा इलियट लेननले भने कि बटन साइजको त्यस ब्याट्री निलेपछि बच्चालाई बचाउन दश प्रतिशत मात्र सम्भावना रहेको थियो । डाक्टरहरूले बताए कि बच्चा अब कहिल्यै पनि पूर्ण रूपमा निको हुन सक्दैन ।
इलियट लेननले बताए कि ओलीको जीवन बचाउनको निम्ति २८ वटा विभिन्न अपरेसनहरू गरिएको थियो जसमध्ये एउटा सर्जरी उनको मुटुको पनि थियो ।


इलियटले भने, ‘जब ओली केवल एक वर्षका मात्र थिए तब उनलाई कुनै पनि चीज खान धेरै समस्या भइरहेको थियो । त्यसपछि हामीले डाक्टरलाई देखायौँ । सुरुमा डाक्टरहरूले उनलाई दम भएको सोचे, तर केहि दिनपछि, एक्सरेले उनको घाँटीमा बटनको आकारको ब्याट्री अड्किएको पत्ता लाग्यो ।’


इलियटले भने ‘२८ विभिन्न अपरेसनपछि ओली जीवित भए तर उसको शरीरमा कास्टिक सोडाले गरेको क्षतिले उनलाई धेरै बिरामी बनायो । ऊ कहिलै पनि निको हुन सक्दैन र अरू बच्चाहरूले जस्तै व्यायाम गर्न सक्दैन ।’
इलियट लेननले आफ्नो छोराको फोटो साझा गर्दै मानिसहरूलाई सावधान रहन सल्लाह दिए । र भने कि ‘यस्ता चीजहरू सधैं बच्चाबाट टाढा राख्नुहोस् ।’
एजेन्सीको सहयोगमा, फोटो स्रोत : दैनिक मेल