उकालो चढ्दै शेयर बजार, ११ अर्ब ८१ करोडको कारोबार


Yukta

काठमाडौं । साताको दोश्रो कारोबार दिन आज (सोमबार) नेप्से परिसूचक बढ्दा सेन्सेटिभ परिसूचक भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १३.९७ अंकले बढेर २९९४.५८ मा पुगेको छ । नेप्से ०.४७ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक भने ०.०२ अंकले घटेर ५६०.९४ मा पुगेको छ ।

आज शेयर बजारमा ११ अर्ब ८१ करोड ३७ लाख बराबरको कारोबार भएको छ । आइतबार पनि नेप्सेमा ११ अर्ब ६३ करोड ८१ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनीको शेयरमूल्य ९.२० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अधिकांश डिभेञ्चरको शेयरमूल्यमा गिरावट आएको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा एनआईसी एसिया बैंकको कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड भन्दा बढीको कारोबार भएको छ ।