नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि घट्यो


Yukta

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार नेप्सेमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ९.१ अंकले घटेर दुई हजार नौँ सय ८५ दशमलब ५७ विन्दुमा थामिएको छ ।

त्यस्तै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ७ अर्ब ८९ करोड ७५ लाख बराबरको कारोबार भएको छ । सोमबार ११ अर्ब ८१ करोड ३७ लाख बराबरको कारोबार भएको थियो ।

मंगलबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरूमा क्रमश स् लक्ष्मी उन्नती कोष, लक्ष्मी इक्विटी फण्ड, बरूण हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, ग्लोबल आईएमई सम्मुनत योजना १, एनआईसी एशिया ब्यालेन्स फण्ड, सानिमा इक्विटी फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, सिटिजन्स म्युचुअल फण्ड १ र सिद्धार्थ इक्विटी फण्ड रहेका छन् ।

त्यस्तै, आज १२ प्रतिशत आइसीएफसी फाइनान्स डिभेञ्चरको शेयरमूल्यमा गिरावट आएके छ । यसको शेयरमूल्य ६.१७ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा अरुण काबेली पावर कम्पनीको कारोबार भएको छ । यस कम्पनीको आज ३८ करोड भन्दा बढीको कारोबार भएको छ ।