दोस्रो पटक पिता बनेपछि ब्रेक लिएका कपिल टेलिभिजनमा फर्किदै 


Yukta

एजेन्सी । सोनी टेलिभिजनबाट प्रसारण हुदै आइरहेको शो केहि समय यतादेखि बन्द छ । होस्ट कपिल दोस्रो पटक पिता बनेपछि ब्रेक लिएका थिए । कोरोना भाइरसको दोस्रो लहर बढ्दै गर्दा गेस्टहरु अभाव हुने भएकाले पनि कपिलको ब्रेकमा निर्माण पक्ष समहत भएका थिए ।

कोरोना भाइरसको कारण फिल्महरु रिलिज नभएपछि कपिलको शोमा गेस्टहरु आकर्षण घट्दै गइरहेको थियो । त्यसैलाई मध्यनजर गर्दै कपिलले ब्रेक लिए । तर , पछिल्लो समय शोहरु पुनः सुरु हुन् थालेपछि आउँदो महिना देखि कपिल शर्मा शो प्रसारण हुने अनुमान गरिएको छ । यतिबेला उक्त समयमा प्रसारण भइरहेको शो इन्डियन आइडलको सिजन सकिएपछि कपिल टिभीमा देखिनेछन् ।