शिल्पाका पति राजलाई २३ जुलाईसम्म हिरासतमा राख्न अदालतको आदेश


Yukta

एजेन्सी । राज कुंद्रालाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । अश्लील भिडियो बनाएर सार्वजनिक गरेको मामिलामा पक्राउ परेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राजलाई मुम्बई अदालतले आगामी २३ जुलाईसम्म हिरासतमा राख्न अनुमति दिएको छ ।

राजसँगै उनका साथी रयान थारपलाई समेत हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । राज पक्राउ परेपछि प्रहरीले थारपलाई समेत पक्राउ गरेको थियो ।

कुन्द्रामाथि प्रहरीले अश्लील फिल्म बनाएको र ती फिल्म केही एप्समार्फत देखाएको आरोप लगाएको छ ।